साताको पहिलो दिन पनि सेयर बजारमा गिरावट कायमै

0
Shares

साताको पहिलो कारोबार दिन आज आइतबार पनि सेयर बजारमा गिरावट कायम नै छ । गत बुधबारदेखि ओरालो लागेको बजार सूचक नेप्सेले आइतबार पनि निरन्तरता पाएको हो ।

आइतबार सेयर बजार ५.३१ अङ्कले घटेको छ । नेप्से गत बुधबार २१.६७ र बिहीबार ३०.९२ अंकले घटेको थियो । आइतबारको गिरावटपछि नेप्से परिसूचक २०६१.७० अङ्कमा कायम भएको छ । कारोबार रकम पनि पछिल्लो दिनभन्दा कम रहेको छ। आइतबार ३ अर्ब २१ करोड ६७ लाख माथिको कारोबार भएको छ। बिहीबार कारोबार रकम ४ अर्ब १८ करोड ६ लाख रुपैयाँ रहेको थियो ।

आइतबार कारोबारमा आएका कुल ३०७ ओटामध्ये १२७ कम्पनीको मूल्य बढेको छ भने १६० कम्पनीको मूल्य घटेको छ । त्यस्तै, २० वटाको भने स्थिर रहेको छ ।आइतबार धेरै कमाउनेमा युनिक नेपाल लघुवित्त रहेको रहेको छ । जसको मूल्य १० प्रतिशत बढेको छ। यस्तै मोलुङ्ग हाइड्रोपावरको ९.४६, समाज लघुवित्त ८.२०, भगवति हाइड्रोपावर ६.७८ र किसान लघुवित्तको ६.६७ प्रतिशतले मूल्य बढेको छ ।

त्यस्तै, महिला लघुवित्तको सर्वाधिक ५.३७ प्रतिशतले सेयर मूल्य घटेको छ । रावा इनर्जीको ५.१७ प्रतिशत, नेपाल वेयर हाउजिङ्गको ३.७८, मन्दिाकिनी हाइड्रोपावरको ३.५० र आरबिबि म्युचुअल फन्डको इकाई ३.२९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा हिमालयन रि इन्स्यारेन्स शीर्ष स्थानमा रहेको छ । प्रतिकित्ता ७ रुपैयाँ घटेर दिनभरमा ३३ करोड ५८ लाख बढीको सेयर कारोबार भएको कम्पनीको आज ४ लाख ८६ हजार ३२५ कित्ता सेयर खरिद बिक्री भएको छ । त्यस्तै,आजै लाभांश र हकप्रद जारी गर्ने घोषणा गरेको एशियन लाइफको १२ करोड ९८ लाख, नेपाल इन्फ्रास्टकचर बैंकको १२ करोड ८ लाख, ङादी ग्रुप पावरको ११ करोड ८८ लाख र आज हकप्रद सुरक्षित गर्ने अन्तिम दिन रहेको रिडी पावरको ११ करोड २ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका उपसमूहगत सूचकतर्फ विकास बैंक, निर्जीवन बीमा, फाइनान्स र लगानी गरी चार ओटा सामान्य बढ्दा बाँकी सबै घटेका छन् । अन्यको सर्वाधिक १.०४ प्रतिशतले घटेकोछ भने अरु एक प्रतिशतभन्दा कम घटेका छन् ।

आइतबार कुल बजार पुँजीकरण ३२ खर्ब ४० अर्ब ४ करोड २७ लाख रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।