लक्ष्मी लघुवित्तको खुद नाफा २ करोड १५ लाख, खराब कर्जा ९.६३ प्रतिशत

0
Shares

लक्ष्मी लघुवित्त वित्तीय सस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमाससम्ममा २ करोड १५ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको दोस्रो त्रैमाससम्ममा २ करोड ४० लाख नोक्सानीमा रहेकोमा लघुवित्तको इम्पेयरमेन्ट चार्ज घटेसँगै नाफामा पुगेको हो । गत आवको सोही अवधिमा कम्पनीले ८ करोड १७ लाख बढी कर्जा नोक्सानी व्यवस्था गर्दा नोक्सानी चुलिएको थियो । हाल कम्पनीले २ करोड ५३ लाख मात्र खराब कर्जा वापत व्यवस्था गरेको छ । यद्यपी लघुवित्तको खराब कर्जा भने ३.९१ प्रतिशतविन्दु बढेर ९.६३ प्रतिशत पुगेको छ ।

पुस मसान्तसम्ममा लघुवित्तले ६ अर्ब २२ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ६ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिमा निक्षेप संकलन तथा सापटी १६.४५ र कर्जा लगानी १५.५४ प्रतिशतले बढेको हो । पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ करोड ४७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रति सेयर आम्दानी ६ रुपैयाँ ६९ पैसा रहेको छ ।

सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी १२.०२ प्रतिशतले घटेको छ । गत आवको पुससम्ममा २० करोड ३३ लाख ९२ हजार खुद ब्याज आम्दानी गरेकोमा १७ करोड ८९ लाख ३९ हजार रुपैयाँमा खुम्चिएको छ ।

कम्पनीको चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार रहेको कम्पनीको नाफा बढेसँगै प्रति सेयर आम्दानी १२ रुपैयाँ ५० पैसा ऋणात्मकबाट ९ रुपैयाँ ७५ पैसा धनात्मक बनेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा २७ करोड ३८ लाख सञ्चित छ । त्यस्तै प्रति सेयर नेटवर्थ १६५ रुपैयाँ ३५ पैसा र मूल्य आम्दानी अनुपात ७७.७७ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।