एनआईसी एशिया ग्रोथ फन्ड–२ को इकाई सूचीकृत

0
Shares

सामुहिक लगानी कोष योजना ‘एनआईसी एशिया ग्रोथ फन्ड–२’ को इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माघ २२ गते सोमबार सूचीकृत भएको छ ।

फन्डको कुल ९ करोड ५ लाख इकाई नेप्सेमा सूचीकृत भएको हो । एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सो फन्डले कुल १० करोड इकाई सर्वसाधारणमा निष्काशन गरेको भएपनि संस्थागत लगानीकर्तालाई बिक्री गर्दा समेत सबै इकाई बिक्री गर्न सकेन ।

धितोपत्रको दोस्रो बजारमा ७ रुपैयाँ प्रतिइकाई मूल्यमा इकाई पाउन थालेपछि प्राथमिक बजारमा दश रुपैयाँमा इकाई नबिकेको हो । कुल निष्कासको ९५ लाख इकाई योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल बिक्री गर्न असफल भएको हो ।

धितोपत्रको दोस्रो बजारमा इकाई कारोबार गर्नका लागि एनआईसीजीएफ–२ कारोबार संकेत प्रदान गरेको छ । फन्डको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।