योजना आयोगका सदस्य डा. उमाशंकर प्रसादले लिए सपथ

योजना आयोगका सदस्य डा. उमाशंकर प्रसादले लिए सपथ

राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य डा. उमाशंकर प्रसादले सोमबार पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समक्ष  सदस्य डा. उमाशंकर प्रसादले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

माघ १८ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा उमाशंकरलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौतहट निवासी उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

केही समय अघि आयोगको गठन आदेश संशोधन गरी एक सदस्य थप गर्ने निर्णय सरकारले गरेको थियो । आयोगमा यसअघि एक उपाध्यक्ष र ६ जना सदस्य रहने व्यवस्था थियो । तर, सरकारले हालै सदस्य थप गरी सात पुर्‍याउने निर्णय गरेको थियो ।  नवनियुक्त सदस्य उमाशंकरको सपथसँगै आयोगले पूर्णता पाएको छ ।

प्रध्यापन पेशामा समेत सक्रिय रौतहट स्थायी घर भएका उमाशंकर यसअघि पनि आयोगको सदस्य भइसकेका छन् । उनी स्वास्थ्य बीमा बोर्डको पूर्व अध्यक्ष समेत हुन् । डा‍. उमाशंकरले भारतको जेएनयूबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २२ माघ २०८०, सोमबार १८ : ०९ बजे