मोदी इनर्जीको घाटा २० करोड नजिक, बिद्युत बिक्री आयमा पनि ५७% को गिरावट

0
Shares

मोदी इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १९ करोड ८६ लाख ६८ हजार रुपैयाँ घाटा व्यहोरेको छ । सर्वसाधारणमा हालै मात्र आईपीओ ल्याएको कम्पनीको नोक्सानीमा नै रहेको हो ।

गत आवको सोहि अवधिसम्म कम्पनीको घाटा ४६ करोड ६४ लाख १९ हजार रुपैयाँ थियो । उच्च रुपमा नोक्सानीमा सुधार गरेपनि कम्पनी अझै २० करोड घाटामा छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको घाटा ५७.२५ प्रतिशतले कम गरेको हो ।

समीक्षा अवधिसम्म यस कम्पनीले बिद्युत बिक्रीबाट १७ करोड ७७ लाख २४ हजार  रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५०.८६ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीबाट ३६ करोड १७ लाख ४ हजार रुपैयाँ कमाएको थियो ।

कम्पनीको सञ्चालन मुनाफामा ४९.८६ प्रतिशत घटेर १४ करोड ४१ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रशासनिक तथा वितरण खर्च ६६.९३ प्रतिशतले घटेर २१ लाख ८९ हजार रुपैयाँ छ । गत आवको यसै अवधिमा ६६ लाख २१ हजार रहेकोमा कम्पनी खर्च घटाउन सफल भएको छ । कम्पनीको वित्तीय खर्च पनि ५६.९८ प्रतिशतले घट्दै २ करोड १० लाख रुपैयाँ छ ।

कम्पनीको जगेडा कोष कुल ९१ करोड ९६ लाख रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिसम्म कम्पनीको वार्षिक प्रति सेयर आम्दानी (इपीएस) १३ रुपैयाँ ७० पैसा ऋणात्मक छ । यस्तै प्रति सेयर नेटवर्थ ६८ रुपैयाँ ३९ पैसा र मूल्य आम्दानी अनुपात १७.४४ गुणा छ ।

कम्पनीले २०८० वैशाख १९ गतेदेखि २४ गतेसम्म सर्वसाधारण्मा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५५ लाख ५९ हजार ४२० कित्ता सेयर निष्काशन गरेको थियो । उक्त आईपीओ ३१ वैशाख, आइतबार बाँडफाँड भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।