दुई कम्पनीको नगद लाभांश वितरण

0
Shares

रुरु जलविद्युत परियोजना लिमिटेड र नेपाल ल्युब आयल लिमिटेडको नगद लाभांश वितरण भएको छ । दुबै कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको नगद लाभांश वितरण गरेका हुन् ।

रुरु जलविद्युतको गत पुस २५ गते सम्पन्न १८ औं वार्षिक साधारण सभाबाट कर सहित चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो । रुरुले साधारण सभाका लागि तोकेको बुकक्लोज मिति पुस १६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो। उक्त मितिपश्चात अद्यावधिक गराएका सेयरधनीहरुको हकमा भने क्रमशः नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ ।

यसैगरी नेपाल ल्युव आयलको ५ प्रतिशत नगद लाभांश पनि वितरण भएको छ । कम्पनीको पुस २५ गते सम्पन्न ३२औं वार्षिक साधारण सभाबाट उक्त नगद सहित चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर पनि पारित भएको थियो । बोनस सेयर भने कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि वितरण गर्ने जानकारी दिएको छ ।

नगद लाभांश भने सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिएको कम्पनीले जानकारी दिएको छ ।
साधारण सभा प्रयोजनका लागि नेपाल ल्युव आयलले पुस १० गतेदेखि बुकक्लोज गरेको थियो । बुकक्लोजको आधारमा पुस ९ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

दुबै कम्पनीको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।