हिमालयन एभरेष्ट इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित

0
Shares

हिमालयन एभरेष्ट इन्स्योरेन्सको आज सम्पन्न भएको ३० औं वार्षिक साधारण सभाबाट १५ प्रतिशत लाभांश पारित भएको छ ।

सञ्चालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाले सञ्चालक समितिबाट प्रस्तावित चुक्ता पुँजीको ६.३७ प्रतिशत बोनस र ८.६३ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश गरी कुल १५ प्रतिशत लाभांश पारित गरेको हो । कम्पनीले गत आर्थिक वर्षमा ४४ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरी सेयधनीहरुलाई कुल १५ प्रतिशत लाभांश प्रदान गरेको हो ।

कम्पनीको आज आयोजित साधारण सभाले सभामा मर्जर पछिका विभिन्न व्यवधानहरुको सामना गर्दै कम्पनीले प्रगति हासिल गरेको समीक्षा गरेको छ । यस्तै चालु आर्थिक वर्षका सूचांकहरु समेत उत्साहजनक रहेको जानकारी उक्त सभामा दिइयो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।