हिमालयन एभरेष्ट इन्स्योरेन्सको दोस्रो त्रैमासमा उत्साहजनक प्रगति

0
Shares

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमासमा उत्साहजनक प्रगति गरेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । खुद नाफा ६३ प्रतिशतले वृद्धि गरेको कम्पनीका अधिकांश सूचकमा आशातित प्रगति देखिएका छन् ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६३.७२ प्रतिशतको आकर्षक वृद्धि भई १८ करोड ४३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा कम्पनीले ११ करोड २५ हजार ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँ रहेको कम्पनीले वार्षिक प्रति सेयर आम्दानी १६ रुपैयाँ ०२ पैसा कायम गरेको छ । यस्तै प्रति सेयर नेटवर्थ १९४ रुपैयाँ ८५ पैसा र मूल्य आम्दानी अनुपात गुणा छ । यस अवधिमा कम्पनीको सल्भेन्सी रेसियो १.५ रहेको छ ।  त्यस्तै, चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीको बीमा कोषमा ४ अर्ब ६२ करोड ७९ लाख ७२ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्ममा ४ अर्ब १८ करोड ७५ लाख रुपैयाँ रहेको थियो । साथै कम्पनीको ३० करोड ६५ लाख १९ हजार रुपैयाँ अन्य इक्विटी, जगेडा कोषमा ३१ करोड २२ लाख ५ हजार र महाविपत्ती कोषमा ६ करोड १६ लाख ६९ हजार रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा कुल बीमा शुल्क आर्जन ३० प्रतिशतले वृद्धि गर्दै कम्पनीले १ अर्ब २२ करोड ५८ लाख ४१ हजार रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९३ करोड ८८ लाख ५३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले पुस मसान्तसम्म २७.५२ प्रतिशतले वृद्धि गर्दै ४६ करोड ९९ लाख १८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ८४ लाख ९९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीले पुनर्बीमा कमिसनमा वृद्धि भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५७ करोड ३ लाख ५३ हजार रुपैयाँ रहेकोमा चालु आवको यसै अवधिमा ७५ करोड ५९ लाख २३ हजार रुपैयाँ खर्चिएको छ ।

समीक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशन वापत २ करोड २६ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ५ लाख रुपैयाँ खर्चिएको थियो । कर्जा लगानीबाट हुने आम्दानी २.९१ प्रतिशतले बढेर १८ करोड १३ लाख ६६ हजार रुपैयाँ पुगेको छ भने कमिसन आम्दानी १३.१३ प्रतिशतले घटेर १५ करोड १६ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ ।

पुससम्म कम्पनीले ६० करोड १६ लाख २४ हजार रुपेयाँ भुक्तानी गरेको छ । जुन गत पुसको तुलनामा २८.६६% धेरै हो । कुल आय ९.२१ प्रतिशतले बढेर ८० करोड ६२ लाख ८५ हजार पुगेको छ । कुल खर्च ११.७२% घटेर ५० करोड ९७ लाख ७९ हजार कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।