कालिञ्चोक दर्शनको आम्दानी ६५३% बढ्यो

0
Shares

कालिञ्चोक दर्शन लिमिटेडको आम्दानीमा उच्च सुधार भएको छ । कालिञ्चोक भगवतीको दर्शन गर्न जाने श्रद्धालु भक्तजनहरुको सङ्ख्यामा वृद्धि भएसँगै कम्पनीको आम्दानी गत आवको पुसको तुलनामा कम्पनीको आम्दानी ६५३.०८ प्रतिशतले वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको आम्दानी ३ करोड ४३ लाख ४८ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ४४ लाख ६१ हजार रुपैयाँ थियो ।

आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांकको आधारमा गत वर्षको तुलनामा बाह्य तथा आन्तरीक पर्यटकहरुको क्रमिक रुपमा सुधार आएको र यस अवधीमा कम्पनीले अन्य पर्यटन प्रवर्द्धनको लागि होटल, रिसाेंर्ट तथा अन्य आयमुलक व्यवसाय गर्नको लागि योजनाबद्ध रुपले कार्य गर्दै आएको कम्पनीले जनाएको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार पुससम्म चुक्ता पुँजी ५९ करोड ६३ लाख रुपैयाँ रहेको कालिञ्चोकको जगेडा कोष भने अझै १ करोड २४ लाख रुपैयाँ ऋणात्मक छ । पुस मसान्तसम्ममा प्रति सेयर आम्दानी २ रुपैयाँ १६ पैसा, प्रति सेयर नेटवर्थ ९७ रुपैयाँ ९४ पैसा र मूल्य आम्दानी अनुपात ३८०.३९ गुणा छ ।

कम्पनीको खुद नाफा ६४ लाख ३४ हजार रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ९८ लाख रुपैयाँ नोक्सानीमा थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको आम्दानी बढेसँगै कम्पनीको खुद नाफा धनात्मक बनेको हो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७०४.९४ प्रतिशत बढेर ३ करोड ३० लाख ८३ हजार, वित्तीय खर्च ८५.२९ प्रतिशत बढेर १ करोडड ९ लाख ३६ हजार पुगेको छ । कम्पनीले कर्जाको सँंवा व्याज तोकिएको समयमा भुक्तानी गर्दै आएको जनाएको छ । यस्तै गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६८ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बढेर १ करोड ३७ लाख ३० हजार रुपैयाँ कायम भएको छ ।

साथै कालिञ्चोक दर्शनले प्रतिस्पधी पर्यटन व्यवसायमा यस कम्पनीले प्राकृतिक वातावरण तथा स्थानीय रमणिय स्थानहरुको समुचित उपयोग गर्ने र न्यूनतम खर्चमा अधिकतम नाफा आर्जन गर्ने लक्ष्य लिएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।