सिईडिबि हाइड्रोपावरको ६ महीनाको नाफा ५ करोड ३६ लाख

0
Shares

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पुससम्म ५ करोड ३६ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन ११.३८% प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ५ लाख २८ हजार रुपैयाँ कमाएको थियो । आम्दानीसँगै कम्पनीको खुद नाफा घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीको सेवा शुल्क, ब्याज तथा अन्य आम्दानी १६।४८ प्रतिशत घटेको छ । गत आवेमा ८ करोड ४९ लाख ७३ हजार कमाएको कम्पनीले यस वर्ष ७ करोड ९ लाख ६९ हजार मात्र आम्दानी गरेको हो । यस्तै समीक्षा अवधिमा कम्पनीको कुल खर्च १.९३ प्रतिशत बढेर ९९ लाख ८८ हजार पुगेको छ । यस अवधिमा ब्याज खर्च ६३.८९ प्रतिशत घटेर २६ हजार छ ।

प्रकाशित चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ छ । यस्तै कम्पनीको जगेडा कोषको आकार २२.६६% ले बढेर ५५ करोड ८ लाख ३६ हजार रुपैयाँ सञ्चित भएको छ ।

पुस मसान्तसम्ममा कम्पनीको प्रति सेयर आम्दानी १२ रुपैयाँ ७८ पैसा छ । गत आवको यसै अवधिको तुलनामा इपीएस १ रुपैयाँ ६४ पैसा घटेको हो । कम्पनीको प्रति सेयर नेटवर्थ १६५ रुपैयाँ ६३ पैसा र मूल्य आम्दानी अनुपात ८७.६३ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।