सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको नाफामा ९६% वृद्धि

0
Shares

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्ममा खुद नाफामा ९६.४८ प्रतिशतले बढेको हो । खुद बीमा शुल्क आर्जन र लगानी तथा कर्जा आम्दानी बढेपछि इन्स्योरेन्सको खुद नाफामा बढोत्तरी भएको हो ।

कम्पनीको अपरिष्कृत वित्तीय विवरण अनुसार इन्स्योरेन्सले खुद नाफा २१ करोड ९७ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको यसैअवधिमा इन्स्योरेन्सले ११ करोड १८ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ इन्स्योरेन्सको पुस मसान्तसम्म आइपुग्दा प्रति सेयर आम्दानी १० रुपैयाँ ५० पैसा, प्रति सेयर नेटवर्थ १२५ रुपैयाँ ४४ पैसा छ ।

यस अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १३७.०५ प्रतिशतले बढेर २ अर्ब ६२ करोड ६ लाख १३ हजार रुपैयाँ पुगेको छ । साथै लगानी तथा कर्जाबाट हुने आम्दानी १६६.४१ प्रतिशतले बढेर ७४ करोड ४५ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म आइपुग्दा इन्स्यारेन्सको कुल आम्दानी ३ अर्ब ४० करोड १६ लाख रुपैयाँ छ भने कुल खर्च ३ अर्ब १८ करोड ४३ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा १ अर्ब ३८ करोड ८६ लाख ८६ लाख रुपैयाँ १ अर्ब २७ करोड ६८ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।