नेशनल लघुवित्तको नाफा ५ करोड ७५ लाखले घट्यो

0
Shares

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ५ करोड ७४ लाख ५८ हजार रुपैयाँले घटेको छ । लघुवित्तको खुद ब्याज आम्दानीमा गिरावट हुँदा लघुवित्तको नाफा घटेको हो ।

लघुवित्तले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले १० करोड ४१ लाख ९९ हजार रुपैयाँले खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिसम्ममा लघुवित्तले १६ करोड १६ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३५ करोड ३१ लाख ७७ हजार रुपैयाँ रहेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ३ करोड १ लाख ५० हजार रुपैयाँ कम हो । गत आवको सोही अवधिमा ३२ करोड ३० लाख २७ हजार रुपैयाँ थियो ।

लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघुवित्तको इम्पेरमेन्ट चार्ज ३ करोड ९० लाख २१ हजार रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा ४२ लाख १४ हजार थियो । लघुवित्तको सञ्चालन नाफा १४ करोड ८८ लाख ५५ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २३ करोड ९ लाख ३९ हजार रहेको थियो ।

चुक्ता पुँजी १ अर्ब ८ करोड ४२ लाख ६ हजार रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब २६ करोड ४३ लाख ९२ हजार रुपैयाँ सञ्चित छ । कम्पनीको रिटन्र्ड अर्निङ्गमा ४० करोड ३९ लाख ३३ हजार रुपैयाँ छ ।

पुस मसान्तसम्ममा एनआईसी एशिया लघुवित्तले ५ अर्ब २४ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन तथा ११ अर्ब ४९ करोड १९ लाख रुपैयाँ सापटी लिएको लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर १८ अर्ब ३६ करोड ५९ लाख ७८ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ ।
वित्तीय विवरण अनुसार लघुवित्तको वार्षिक प्रति सेयर आम्दानी १९ रुपैयाँ २२ पैसा र प्रति सेयर नेटवर्थ २५३ रुपैयाँ ८८ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।