बिहीबार सेयर बजारमा गिरावट, साढे १४ अंकले घट्यो सूचक

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार सूचक मापक नेप्से परिसूचक घटेर बन्द भएको छ । मंगलबार ३० अंक बढीको गिरावटपछि बुधबार ५.९१ अंकले बढेको भएपनि बिहीबार पुनः १४.४६ अंकले ओरालो लागेको हो ।

बिहीबार नेप्से परिसूचक ०.६९% घटेर २०६२.०३ बिन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ३.७१ अंक, फ्लोट इण्डेक्स ०.९२ अंक, सेन्सेटिभ इण्डेक्स १.२१ अंक घटेको छ । कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये १२ ओटा राताम्ये बनेका छन् भने उत्पादन तथा प्रशोधन मात्र ०.१५ प्रतिशतले बढेको छ । यस दिन फाइनान्स सर्वाधिक २.७१ प्रतिशत घटेको छ भने अन्यको इन्डेक्स १.६२ प्रतिशत र विकास बैंक पनि १.४० प्रतिशतभन्दा बढीले ओरालो लागेका छन् ।

बिहीबार ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयर ८१ हजार ५६ ओटा सङ्ख्याबाट ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन बुधबार ४ अर्ब २५ करोड २७ लाखको सेयर कारोबार भएको थियो । बजार ओरालो लागेसँगै दैनिक कारोबार रकम पनि ३८ करोड ३६ लाख रुपैयाँले घटेको हो । आज ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ ओटाको मूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थीर रहेको छ ।

हिमालयन रि इन्स्योरेन्स कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ । सर्वाधिक कारोबार भएको यस कम्पनीको २२ करोड ८५ लाख ७६ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यस्तै समाज लघुवित्तको ११ करोड ५९ लाख, जोशी हाइड्रोपावर १० करोड ७५ लाख, एनआईसी एशिया बैंकको ८ करोड ७० लाख र हिमालयन उर्जा विकास कम्पनीको ८ करोड ५७ लाख बढीको कारोबार भएको छ ।

बोटलर्स नेपाल (बालाजु) लिमिटेड र समाज लघुवित्तको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । यससँगै बोटलर्स नेपालको सेयर मूल्य प्रतिकित्ता ९३११ रुपैयाँ र समाज लघुवित्तको १४८६ रुपैयाँ पुगेको छ । त्यस्तै छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ८.०१, जोशी हाइड्रोपावरको ७.४७ प्रतिशत र बलेफी हाइड्रोपावरको सेयर मूल्य ५.३५ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै मैलुङखोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका हुन् । यस कम्पनीका लगानीकर्ताले आज ५.७० प्रतिशतका दरले गुमाएका हुन् । यससँगै कम्पनीको मूल्य ३३ ले घटेर ५४६ रुपैयाँमा झरेको छ । यस्तै प्रोगेशिभ फाइनान्सको ५.५८, महुली लघुवित्त ५.४२, रिभर फल्स पावरको ५.१५ र हिमालयन पावर पार्टनरको सेयर मूल्य ४.९३ प्रतिशतले घटेको छ ।

बिहीबारको गिरावटपछि कुल बजार पुँजीकरण घटेर ३२ खर्ब ४१ अर्ब ३४ करोड ४९ लाख ९९ हजार ७४३ रुपैयाँमा समेटिएको छ । बुधबार ३२ खर्ब ६४ अर्ब ८ करोड ९५ रुपैयाँ थियो । बिहीबार मात्रै २२ अर्ब ७४ करोड ४६ लाख रुपैयाँले बजार पुँजीकरण घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।