हिमालयन एभरेष्टका डेपुटी सीइओ गौतमले दिए राजीनामा

0
Shares

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत कमल गौतमले आफ्नो पदबाट राजीनामा दिएका छन् । गौतमले माघ २४ गते बुधबार राजीनामा दिएका थिए ।

कम्पनी सञ्चालक समितिको बैठकले गौतमको राजीनामा शुक्रबार नै स्वीकृत गरेको छ । साविकको एभरेष्ट इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका गौतम हिमालयन जनरल इन्सयोरेन्सस्ँग मर्जर भई बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्समा डेपुटी सीइओको भूमिकामा रहेका थिए ।

दुई कम्पनीले मर्जर सम्पन्न गरी २०७९ को साउन १ गतेदेखि एकीकृत कारोबार सुरु गरेको हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।