दुई इन्स्योरेन्सको सेयर मूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार दुई इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । एशियन लाइफ र हिमालयन रि इन्स्योरेन्सको बोनसपछि मूल्य समायोजन भएको हो ।

नेप्सले एशियन लाइफ इन्स्योरेन्सको ७.७५ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता मूल्य ६१६ रुपैयाँ ५० पैसा तोकेको छ । आइतबार कारोबार भएको अन्तिम मूल्य ६६४ रुपैयाँ ६० पैसालाई आधार मानेर नेप्सेले कम्पनीको बोनसमा सेयर मूल्य समायोजन गरेको हो ।

यसैगरी हिमालयन रि इन्स्योरेन्सको ४ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता मूल्य ६२० रुपैयाँ २९ पैसा तोकेको छ । आइतबार कारोबार भएको अन्तिम मूल्य ६४५ रुपैयाँ १० पैसालाई आधार मानेर नेप्सेले कम्पनीको बोनसमा सेयर मूल्य समायोजन गरेको हो ।

यससँगै अब सोमबार दुबै इन्स्योरेन्स कम्पनीको सेयर धितोपत्रको दोस्रो बजारमा आइतबार समायोजन भएको मूल्यलाई आधार मानेर खुल्नेछ । सोमबारपछि सेयर किन्नेले लाभांश र कम्पनीको आगामी साधारण सभामा सहभागिता जनाउन पाउने छैनन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।