दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारी नियुक्त

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारी नियुक्त

नेपाल दूरसचार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारी नियुक्त भएका छन् । उनी आगामी ५ वर्षका लागि प्राधिकरणको अध्यक्ष नियुक्त भएका हुन् ।

सञ्चार मन्त्री रेखा शर्माको सञ्चार विज्ञको रूपमा कार्यरत समेत रहेका भण्डारीलाई आइतबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई अध्यक्ष नियुक्त गरेको हो । भण्डारी यसअघि सञ्चारमन्त्री रेखा शर्माको सल्लाहकार थिए ।  भण्डारीलाई प्राधिकरणको अध्यक्षमा नियुक्त दिनका लागि नै कार्यविधि नै परिवर्तन गरिएको थियो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि पद रिक्त भएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट विसं २०५४ सालमा व्यवस्थापनतर्फ स्नातक पूरा गरेका भुपेन्द्र भण्डारीले विसं २०६२ मा भारतबाट चार्टर्ड एकाउन्टेन्टको अध्ययन पूरा गरेका छन् । विभिन्न बैंकहरुमा चार वर्ष वर्ष बैंकिङ क्षेत्रको कुशल नेतृत्व गरेका भण्डारी विसं २०६४ देखि दूरसञ्चार क्षेत्रको नेतृत्वदायी भूमिकामा छन् । उपेन्द्र महतोले लगानी गरेका टेलिकम कम्पनीदेखि विदेशसम्म काम गरेका थिए ।

स्पाइस नेपाल प्रालि (मेरो मोबाइल), अफ्रिकी मुलुक बुरुण्डीस्थित मोबाइल अप्रेटर कम्पनी लासेल, सिरायलिवनको इन्टर ग्रुप टेलिकम लगायतमा दश वर्ष लामो अन्तर्राष्ट्रिय अनुभव र दूरसञ्चार क्षेत्रको कुशल नेतृत्व गरेर भण्डारी विसं २०७४ मा नेपाल फर्किएका थिए । आफैँले पे नेप प्राली स्थापना गरेर नेतृत्वमा रहेका उनी मन्त्रिपरिषद्को निर्णयअनुसार भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि सल्लाहकारको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

टेरामक्स, एमडीएमएस जस्ता प्रविधि जडानको बेलामा भएका भनिएका अनयिमतिताको गहिरो अध्ययन तथा प्रतिवेदन तयार, अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली संशोधन, फ्रिक्वेन्सी नीति परिवर्तन, इन्टरनेट सेवा प्रदायकबाट भएका भनिएका कर छली र पूँजी पलायनका घटनाको शुक्ष्म अध्ययन जस्ता सुशासनका सवालमा भण्डारीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ फागुन २०८०, सोमबार १२ : २० बजे