मिड सोलु हाइड्रोपावरको ३७ हजार ४२० कित्ता सेयरको ‘लक इन’ सकिँदै

0
Shares

मिड सोलु हाइड्रोपावरको ३७ हजार ४२० कित्ता सेयरको ‘लक इन’ अवधि आगामी चैत्र १० गते सकिने भएको छ । उक्त मितिमा कम्पनीले आईपीओ जारी गर्दा सामुहिक लगानी कोषहरुलाई आरक्षित गरेको सेयरको लकइन समाप्त हुने भएको हो ।

कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको १४ लाख ९६ हजार ८०० कित्ता सेयर सार्वजनिक निष्कासन गरेको थियो । त्यसमध्ये २०८० भदौ २९ देखि असोज २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरी असोज १० गते बाँडफाँड गरेको थियो । सो बखत सर्वसाधारणमा सेयर निष्कासन हुने सेयरको पाँच प्रतिशतले हुन आउने ३७ हजार ४२० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँडफाँड गरेको थियो । सोही सेयरको लकइन चैत १० गतेदेखि सकिन लागेको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलले जानकारी दिएको छ ।

‘लक इन’ अवधि सकिएपछि सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । बजारको अस्वभिावक उतार चढावका लागि भन्दै सामूहिक लगानी कोषहरुले आरक्षित कोटामा पाएको सेयर बिक्री गरेर छोटो समयमा नै मुनाफा आर्जन गर्ने र बजारमा स्थायित्वको कायम गर्ने नपाइएपछि धितोपत्र बोर्डले कार्तिक २१ गते म्युचुअल फन्डले कोटामा पाएको सेयर ६ महीना पूरा नभएसम्म बिक्री गर्न नपाउने व्यवस्था गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।