नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र बाँडफाँड

0
Shares

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बिक्री गरेको दश वर्षे अवधिको ऋणपत्र बाँडफाँड भएको छ । तोकिएको अवधिभित्र रितपूर्वक प्राप्त आवेदकलाई फागुन १० गते बाँडफाँड गरिएको जानकारी बैंकले दिएको छ ।

बैंकले १० प्रतिशत ब्याजदरको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ४० लाख ४० हजार कित्ता ऋणपत्र बिक्री गरेको थियो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशतले हुने २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थामा बिक्री गरिएको छ । बाँकी ४० प्रतिशत दरको १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।