इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा थली र कमलविनायकमा

0
Shares

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले थली र कमलविनायकमा २ वटा नयाँ शाखाहरू विस्तार गरेको छ ।  बैंकले कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ थली र भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायकमा शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरे । उद्घाटनमा बोल्दै पाण्डेले नयाँ शाखाहरूबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए ।

बैंकले हाल देशभरिमा २७० शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २६४ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।