सर्वोत्तम सिमेन्टको आईपीओमा पहिलो दिनमै माग उच्च

0
Shares

सर्वोत्तम सिमेन्टको आईपीओमा पहिलो दिनमा नै माग परेको छ । सर्वसाधारणबाट २७ लाख ७६ हजार ७६ कित्ता खरिदका लागि आह्वान गरिएकोमा ३.१२ गुणा बढी ८६ लाख ६० हजार ६४० कित्ता सेयर खरिदका लागि आवेदन परेको हो ।

केन्द्रीय निक्षेप प्रणालीका अनुसार आइतबार साँझ ५ बजेसम्ममा १ लाख ५६ हजार २०७ जना आवेदकबाट ८६ लाख ६० हजार ६४० कित्ता सेयर खरिदको माग परेको हो । बुक बिल्डिङ्गबाट पहिलो कम्पनीको रुपमा सेयर जारी गरेको यस कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले उल्लेखित कित्ता खरिदका लागि ३ अर्ब १२ करोड ५६ लाख २४ हजार ९७६ रुपैयाँ बराबरको आवेदन दिएका हुन्।

सर्वोत्तम सिमेन्टले आज फागुन १३ गतेदेखि सर्वसाधारणमा स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको अवितरित ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो।

यस लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ भएकाले न्यूनतम १८ हजार ४५ रुपैयाँदेखि अधिकतम १० हजार कित्ताका लागि ३६ लाख ९ हजार रुपैयाँसम्मका लागि आवेदन दिन सक्नेछन् । यद्यपी ५५ हजार ५ हजार बढी आवेदकले मात्रै ५० कित्ताका दरले सेयर पाउने भएकाले ५० कित्ताभन्दा बढी आवेदन दिनुको औचित्य देखिन्न ।

आईपीओमा फागुन १६ गते बुधबार निष्काशन बन्द हुनेछ । धितोपत्र बोर्डबाट आस्बा सदस्य प्प्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै सिडिएस एण्ड क्लिरिङ्गद्वारा सञ्चालित सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।