श्रीलङ्कामा यस वर्ष पर्यटक आगमन सङ्ख्यम २५ लाख नाघ्नसक्ने

श्रीलङ्कामा यस वर्ष पर्यटक आगमन सङ्ख्यम २५ लाख नाघ्नसक्ने

श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले इतिहासमा पहिलो पटक यस वर्ष श्रीलङ्कामा पर्यटकको सङ्ख्या २५ लाखभन्दा बढी हुनसक्ने आइतबार बताएका छन् ।

उनले सन् २०२४ जनवरी र फेब्रुअरीमा पर्यटकको आगमनलाई ध्यानमा राखेर लक्ष्य हासिल गर्न सकिने बताए । उनले सन् २०२३ जनवरीमा मुलुकमा १ लाख मात्र पर्यटक आएको तुलनामा सन् २०२४ को जनवरीमा यो सङ्ख्या बढेर २ लाख १० हजार पुगेको जानकारी दिए ।

उनका अनुसार फेब्रुअरीमा अहिलेसम्मको आगमन दर अझ धेरै छ । आधिकारिक आँकडाअनुसार सन् २०२३ फेब्रुअरीमा १ लाख ७ हजार ६३९ पर्यटक आएका थिए भने सन् २०२४ को फेब्रुअरीमा १ देखि १८ सम्म १ लाख ३८ हजार ७३६ पर्यटक आइसकेका छन् ।

मन्त्री साब्रीले श्रीलङ्कामा आर्थिक सङ्कट स्थिर भएको र सुधारको सङ्केत देखिन थालेको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १४ फागुन २०८०, सोमबार १८ : ५३ बजे