मंगलबारको वृद्दिपछि नेप्से २ हजार बिन्दुमा, कारोबारमा भने मन्दी

0
Shares

सेयर बजारमा सुधार आएपछि बजार परिसूचक मापक नेप्से २ हजार बिन्दुमाथि उक्लिएको छ । सोमबार १३.२८ र मंगलबार ९.३४ अकंले परिसूचक बढेपछि २००१ दशमलव ६४ बिन्दुमा पुगेको हो ।

मंगलबार ३०८ कम्पनीको ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर ४० हजार ९५१ ओटा संख्यामा किनबेच हुँदा कारोबार १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६ रुपैयाँमा समेटिएको छ । दैनिक कारोबार रकम १४ करोड ७९ लाख रुपैयाँले खुम्चिएको हो । सोमबार २ अर्ब १ करोड ७७ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन मंगलबार १३ उपसमुहगत सूचकमध्ये ७ ओटा उपसूचकमा हरियाली छाएको छ भने ६ ओटा घटेका छन् । मंगलबार उत्पादन तथा प्रशोधनमुलक सर्वाधिक ३.५२ प्रतिशतले बढेको छ । यस्तै ब्यापार १.१० प्रतिशत, निर्जीवन बीमा ०.७४ प्रतिशत, बैंकिङ ०.४७ प्रतिशत, हाइड्रोपावर ०.४६ प्रतिशत, लघुवित्त ०.३६ प्रतिशत, विकास बैंक ०.१४ प्रतिशतले बढेको छ । उता फाइनान्स ०.२८ प्रतिशत, म्युचुअल फन्ड ०.१३ प्रतिशत, लगानी ०.०८ प्रतिशत, जीवन बीमा ०.०७ प्रतिशत, होटल तथा पर्यटनमुलक ०.०५ प्रतिशत र अन्य ०.०५ प्रतिशतले बढेको छ ।

आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक कारोबार भएको छ। कम्पनीको १४ करोड १९ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै शिवम सिमेन्टसको ८ करोड २९ लाख ८२ हजार रुपैयाँ, हिमालयन रि इन्स्यारेन्सको ६ करोड ४० लाख २६ हजार रुपैयाँ, घोराही सिमेन्टसको ५ करोड ४ लाख ९० हजार रुपैयाँ, हिमालयन डिष्टिलरीको ३ करोड ५८ लाख ६८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन हाईड्रोपावर, गोर्खार्ज फाइनान्स, एनआईसी एशिया बैंक, सन नेपाल लाइफ इन्स्योरेन्स र सगरमाथा जलविद्युत शीर्ष कारोबार हुने दश कम्पनीमा अटाएका छन् । दशौं ठूलो कारोबार भएको सगरमाथा जलविद्युतको २ करोड ८९ लखा ५६ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार बोटलर्स नेपाल (बालाजु) लिमिटेड र बिपिडब्लु लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । यससँगै बोटलर्स नेपाल (बालाजु) लिमिटेडको १७ हजार ८५५ रुपैयाँ ५० पैसा र बिपिडब्लु लघुवित्तको सेयर मूल्य ११५३ रुपैयाँ ९० पैसा पुगेको छ ।
यस्तै चिरख्वा हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ५.०६ प्रतिशत घटेर ६०२ रुपैयाँ ९० पैसामा झरेको छ । कालिञ्चोक दर्शनको ४.३० प्रतिशत, ज्योति विकास बैंक बन्ड २०८७ को ३.६२ प्रतिशत, मोलुङ्गखोला जलविद्युतको ३.५३ प्रतिशत र खानीखोला हाइड्रोपावरको ३.१४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

मंगलबारको बजार वृद्धिपछि कुल बजार पुँजीकरण ३१ खर्ब ४६ अर्ब ४१ करोड ९२ लाख ९१ हजार रुपैयाँमा समेटिएको छ । आइतबार बजार पुँजीकरण ३१ खर्ब ३१ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ थियो । आज मात्रै १४ अर्ब ६८ करोड २१ लाख रुपैयाँले बजार पुँजीकरण बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।