‘डिजिटल कर्णाली’का लागि दुई दिने कन्क्लेभ आयोजना हुँदै

‘डिजिटल कर्णाली’का लागि दुई दिने कन्क्लेभ आयोजना हुँदै

कर्णाली प्रदेशलाई डिजिटलाइजेसन गर्न तथा डिजिटल साक्षरता विकास रूपान्तरणका लागि फागुन १८ र १९ गते ‘डिजिटल कर्णाली कन्क्लेभ २०२४’ कनक्लेभ आयोजना हुने भएको छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आईसीटी फाउन्डेसनको आयोजनामा कन्क्लेभ आयोजना गर्न लागिएको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले प्रदेशको स्थानीय उत्पादन, कृषि, शिक्षा र पर्यटनलाई प्रविधिमार्फत विस्तार र प्रवद्र्धन गर्न कन्क्लेभले सहयोग पुग्ने बताए ।

राष्ट्रिय तथा स्थानिय सरोकारवालाहरूसँग सहकार्यमा २ दिन हुने कन्क्लेभमा कन्क्लेभमा ४० भन्दा बढी सरोकारवाला र विज्ञहरू वक्ताका रूपमा सहभागी रहने छन् । कर्णाली प्रदेशको डिजिटलाइजेसन र विकासका विषयमा केन्द्रित रहने कार्यक्रममा अन्य प्रदेशहरूबाट सम्बन्धित मन्त्री र सचिवहरुको पनि उपस्थिति रहने छ ।

कन्क्लेभमा ४ वटा महत्त्वपूर्ण किनोट प्रस्तुति र ६ वटा प्यानल सेसन रहेका छन् । सुर्खेत, वीरेन्द्रनगरस्थित सिद्धार्थ रिसोर्टमा आयोजना हुने कार्यक्रममा संघीय सरकार, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहनेछ । कन्क्लेभमा अन्य ६ प्रदेशहरूबाट पनि सम्बन्धित मन्त्री र सचिवहरूलाई निमन्त्रणा गरिनेछ ।

कर्णाली प्रदेशमा डिजिटल सेवा, स्टार्टअप र नयाँ इनिसिएसनमा काम गरिरहेका संस्थाहरूलाई पनि कन्क्लेभमा जोड्ने प्रयास गरिएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रहरूमा प्रविधिको प्रयोग प्रयोग मार्फत भइरहेका सकारात्मक प्रयासहरूलाई कन्क्लेभमा स्टल र छोटो भिडियो प्रस्तुतिको लागि अवसर प्रदान गरिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १७ फागुन २०८०, बिहीबार १८ : ०५ बजे