सिटिजन्स बैंकको ९.९९% घर कर्जा योजना सार्वजनिक

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ नामक घर कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकले ‘सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकारु भन्ने नाराका साथ ७ वर्षको लागी स्थिर रहने गरि ९.९९% मा घर कर्जा योजना सार्वजनिक गरको हो । ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा १५ बढी को प्रिमियम दर लागु हुने जनाएको छ । कर्जा रकमको ०.५०% व्यवस्थापन शुल्क लाग्नेछ ।

घर कर्जा अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड , डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

 

प्रकाशित मिति: १८ फागुन २०८०, शुक्रबार  १४ : ३६ बजे