नेप्सेमा १ करोड ८१ लाख कित्ता बोनस सेयर सूचीकृत

0
Shares

यो सातामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ७ ओटा कम्पनीको १ करोड ८१ लाख ३४ हजार ७४३ दशमलव २४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । फागुन १३ गते आइतबारदेखि १८ गते शुक्रबारसम्मसम्म उक्त परिमाणमा सेयर सूचीकृत भएको हो ।

यो साता बोनस सेयर सूचीकृत भएका कम्पनी यस्ता छन्ः–

  • सिटिजन लाइफ इन्स्योरेन्सः चुक्ता पुँजीको ५ प्रतिशत बोनस बापतको १८ लाख ७५ हजार कित्ता
  • फर्स्ट माइक्रोफाइनान्स लघुवित्तः चुक्ता पुँजीको ७.५० प्रतिशत बोनस बापतको ८ लाख ६० हजार ८०९ दशमलव ४६ कित्ता
  • हाथवे इन्भेष्ट कम्पनी लिमिटेडः चुक्ता पुँजीको १० प्रतिशत बोनस बापतको २३ लाख ४० हजार कित्ता
  • राद्यी जलविद्युत कम्पनीः चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस बापतको ७ लाख ९६ हजार ९० दशमलव ४१ कित्ता
  • नेपाल इन्स्योरेन्सः चुक्ता पुँजीको १० प्रतिशत बोनस बापतको १४ लाख ९४ हजार ७६६ कित्ता
  • शिवम् सिमेन्टः चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस बापतको ६२ लाख ७० हजार कित्ता
  • शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकः चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस बापतको ४४ लाख ९८ हजार ७७ दशमलव ३७ कित्ता

सूचीकृत सबै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।