हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २१ लाख नगदसहित पाँच जना पक्राउ

0
Shares

हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २१ लाख नगदसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–७ बस्ने मोतजार मियाको छोरा सोहिठाउ-४ मा आसिफ मनि चेन्जर सञ्चालन गरेका ३१ वर्षीय कलामुदिन अन्सारी, महागढीमाइ नगरपालिका–१ बस्ने जलिल मिया अन्सारीको ३९ वर्षीय छोरा मेराजुल हक अन्सारी रहेको बारा प्रहरीले जनाएको छ ।

यसैगरी भारतको बिहार राज्य मोतिहारी जिल्ला आदापुर थाना हरपुर पञ्चायत नायकाटोला बस्ने शम्भु साहका २९ वर्षीय छोरा रञ्जित सरार्फ, सोही ठाउँ श्यामपुर टोल बस्ने ४२ वर्षीय कृष्णालाल प्रसाद र अरेराज बस्ने ४० वर्षीय रविशंकर सिंह रहेको बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए।

फागुन १८ गते रञ्जितलाई अदालत नजिकैबाट नगद पाँच लाखसहित पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । यसैगरी अन्य चार जनालाई भने आइतबार बेलुकी ४ बजे विश्रामपुर गाउँपालिका–१ छतवाबाट पक्राउ गरिएको उनले जानकारी दिए।

उनीहरू भारतबाट बिआर ०५ एआर ३५०९ नम्बरको मोटरसाइकलबाट नेपाल आएपछि चेकजाँच गर्दा १६ लाख ९ हजार बरामद भएको छ । यसरी पक्राउ परेका माथि बैंक तथा बितिए संस्था सम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थपगरी आवश्यक प्रक्रिया सुरु गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।

साथै उनीहरू माथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तरगत मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धान सुरु गरिएको छ । नक्कली नोट कारोबारमा कानुनी व्यवस्था अनुसार १० वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान रहेको कानुन व्यवसायी शिवनाथ प्रसाद यादवले बताए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।