सांग्रिला डेभलपमेन्ट बैंकको बोनस वितरण

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बोनस सेयर वितरण गरेको छ। बैंकले गत आव २०७९–८० का प्रस्ताव गरि साधारण सभाबाट पारित बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।

बैंकको गत मंसिर २४ गतेको साधारण सभाले चुक्ता पुँजीकाे ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियाे । साेही बाेनस सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको हो ।

बैंकले मंसिर १० गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस सेयर जम्मा गरेको जनाएको छ । सो मितिपश्चात अभौतिकीकरण गराएकाको हकमा भने क्रमशः जम्मा गरिने बैंकले उल्लेख गरेको छ ।  उक्त बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भएको बैंकले जनाएको छ ।

साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर ११ गते बुकक्लोज गरेको गरेको थियो । बुकक्लोज अनुसार मंसिर १० गतेसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहेका सेयरधनीले मात्र बोनस पाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।