गरिमा विकास बैंकको एक्सटेन्सन काउण्टर स्याङ्जाको भुम्रेमा

0
Shares

गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं. ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ।

उक्त स्थानमा फागुन २३ गतेदेखि कारोबार शुभारम्भ गरेको बैंकले जनाएको हो । उक्त एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।