नबिल बैंकले ५ अर्बको अग्राधिकार सेयर निष्काशन गर्ने

0
Shares

नबिल बैंकले ५ अर्ब रुपियाँ बराबरको अग्राधिकार सेयर निष्काशन गर्ने भएको छ ।

बैंकको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ करोड कित्ता अर्थात ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

बैंकले ८ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार सेयर निष्काशन गर्ने जनाएको । राष्ट्र बैंकको स्वीकृति पाएमा मुनाफा भएको वर्ष मात्र लाभांश वितरण गर्ने र सेयरको रकम फिर्ता नहुने प्रकृतिको अग्राधिकार सेयर प्राइभेट प्लेसमेन्ट गरी बिक्री गर्ने नबिलले जनाएको छ ।

साथै सञ्चालक समितिले नियमनकारी निकायहरुको स्वीकृति लिएर ८ वर्ष अवधिको ८ प्रतिशत ब्याजदर भएको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८९’ पनि जारी गर्ने निर्णय गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।