नेप्सेमा लगातर तीन दिन गिरावट, ३ अर्ब ३८ करोडको कारोबार

0
Shares

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार सहित नेप्से लगातार तीन दिनमा ४०.९४ अंकले घटेको हो ।

यसदिन नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ विन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १.५५ अंकले घटेर ३६८.२५ विन्दुमा कायम भएको छ । आइतबार ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३८४ रूपैयाँमा खरिद बिक्री भएका छन् । गत बिहीबार ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रूपैयाँको कारोबार भएको थियो। दैनिक कारोबार रकम ५५ करोड ५६ लाखले घटेको हो ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक, वित्त र उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ प्रतिशतभन्दा कमले बढेको छ । बाँकी सबै समूहको परिसूचक घटेका छन् । होटल्स तथा पर्यटन समूहको परिसूचक यस दिन सर्वाधिक १.५६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आइतबार शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको प्रतिकित्ता ५७६ रूपैयाँमा ४१ करोड ६४ लाख १७ हजार ६८० रुपैयाँको कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३.९५ प्रतिशत बढेको हो ।

दोस्रो ठूलो कारोबार भएको सोनापुर मिनरल्स एण्ड आयलको ५२९ रूपैयाँ २० पैसामा २३ करोड ७ लाख रूपैयाँ, अपर तामाकोशीको १८२ रूपैयाँ ८० पैसामा १३ करोड ७८ लाख, घोराही सिमेन्टको ५७१ रूपैयाँमा ११ करोड २६ लाख र सर्वाधिक सेयर खरिद–बिक्री हुने पाँचौं कम्पनी गुराँस फाइनान्सको ७८५ रूपैयाँमा १० करोड ५७ लाख रुपैयाँ मूल्य बराबरको सेयर कारोबार भएको छ ।

दोहोरो अंकले घटेको आइतबारको बजारमा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर १० प्रतिशतले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य २८७ रूपैयाँ १० पैसा कायम भएको छ । यस्तै गुराँस लघुवित्तको ९.५६ प्रतिशतले बढेर १ हजार ३४१ रूपैयाँ पुगेको छ । मानुषी लघुवित्तको ८.७५ प्रतिशत, स्वाबलम्बन लघुवित्तको ७.४३ र ग्रीन डेभलपमेन्ट बैंकको ६.७८ प्रतिशतले सेयर मूल्य बढेको छ । सिन्धु विकास बैंक, गोर्खाज फाइनान्स, कालिका लघुवित्त, मनकामना स्मार्ट लघुवित्त र शिवम् सिमेन्ट शीर्ष मूल्य बढ्ने दश कम्पनीभित्र समेटिएका छन् । दशां ठूलो मूल्य बढेको शिवम् सिमेन्टको ३.९५ प्रतिशतले बढेको छ ।

वीन नेपाल लघुवित्तको मूल्य सर्वाधिक ७.८३ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ६६ रूपैयाँमा झरेको छ । यस्तै, किसान लघुवित्तको सेयर मूल्य ५.२० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८७० रूपैयाँ कायम भएको छ । युनियन हाइड्रोपावर ४.६३, सनराइज फर्ट म्युचुअल फन्ड ४.५२ प्रतिशत र दोल्ती पावरको सेयर मूल्य ४.३४ प्रतिशतले घटेको छ ।

आइतबार कारोबारमा आएका ३०४ मध्ये १०६ कम्पनीको मूल्य बढ्दा १८३ को मूल्य ओरालो लाग्यो भने १५ वटाको मूल्य स्थिर रहेको छ ।
आइतबार कुल बजार पुँजीकरण ३२ खर्ब ५४ अर्ब १५ करोड ७१ लाख रुपैयाँ कायम भउको छ । बिहीबारको तुलनामा बजार पुँजीकरण १६ अर्ब ७० करोठ १७ लाख रुपैयाँले घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।