सेयर बजार परिसूचक नेप्से सोमबार ३.२७ अंकले बढेर २०७३. ५३ को बिन्दुमा कायम भएको छ । तीन दिन घटेको बजारमा सोमबार भने सामान्य अंकको बढोत्तरी देखिएको हो ।
बजार हरियो भएर बन्द भएपनि कारोबार रकम भने घटेको छ । सोमबार २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँ सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ५० करोड २३ लाख रुपैयाँले कम हो । आइतबार ३ अर्ब ३८ करोड ७९ लाख बराबरको ८४ लाख ६ हजार कित्ता सेयर खरिद बिक्री भएको थियो । आज सोमबार ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता ५३ हजार २५६ ओटा संख्यामा खरिद बिक्री भएको छ । आज आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११२ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको स्थीर छ ।
कारोबार रकमका आधारमा आजगोर्खाज फाइनान्स कम्पनी शीर्ष स्थानमा रहेको छ। सबैभन्दा धेरै कारोबार भएको उक्त फाइनान्सको ८६३ रुपैयाँ ५० पैसामा २३ करोड १४ लाख रुपैयाँको सेयर खरिद बिक्री भयो । यस्तै शिवम् सिमेन्टको ५६४ रुपैयाँ ४० पैसाका दरले २० करोड ३० लाख रुपैया र सोनापुर मिनरल्स एण्ड आयलको ५२३ रुपैयाँको दरमा १३ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बजार घटेपनि सोमबार पाँच कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । गोर्खाज फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर, धौलागिरी लघुवित्त वित्तीय संस्था र पिपुल्स हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो । सोमबार मूल्य वृद्धिपछि गोर्खाज फाइनान्सको ८६३ रुपैयाँ ५० पैसा, सप्तकोशी डेभलपमेन्ट बैंकको ३१५ रुपैयाँ ८० पैसा, पिपुल्स पावरको ३७६ रुपैयाँ २० पैसा, धौलागिरी लघुवित्त वित्तीय संस्थाको १०६४ रुपैयाँ ९० पैसा र पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ३५० रुपैयाँ २० पैसा पुगेको छ ।

यसैगरी मिड सोलु हाइड्रोपावरको ७.१४ प्रतिशत, हिमालयन हाइड्रोपावरको ५.२३ प्रतिशत, उन्नति सहकार्य लघुवित्तको ५.२३ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ४.८१ प्रतिशत र इन्फिनिटी लघुवित्तको मूल्य ४.४३ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ५.१५ प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका ९०२ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ। यस्तै एनएमबि बैंक २.७३, सिंगटी हाइड्रोपावर २.४४, माण्डू हाइड्रोपावर २.३४ प्रतिशत र त्रिशुली जलविद्युत कम्पनीको सेयर मूल्य २.०४ प्रतिशतले घटेको छ ।
सोमबार कुल बजार पुँजीकरण ३२ खर्ब ५९ अर्ब ३१ करोड २७ लाख रुपैयाँमा समेटिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
