मनकामना स्मार्ट लघुवित्तले डाक्यो साधारण सभा

0
Shares

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीले लाभांश बिना नै सभा बोलाएको हो ।

चैत ६ गते मंगलबार अपरान्ह ३ः३० बजे बसेको सञ्चालक समितिको ९४ औं बैठकले वित्तीय संस्थाको छैठौं बार्षिक साधारण सभा चैत २९ गते बिहीबार गर्ने निर्णय गरेको हो । सभा उक्त दिन होटल पौवा सिद्धार्थनगर ६, रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब लगायतका अन्य वित्तीय विवरणहरु पारित गरिनेछ । यस्तै सभाबाट चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

छैटौं वार्षिक वार्षिक साधारण सभा प्रयोजनाको लागि कम्पनीले चैत १६ गते शुक्रबारदेखि २९ गते बिहीबारसम्म लघुवित्तको सेयर दाखिला खारेजी (बुकक्लोज) बन्द गर्ने निर्णय भएकोछ । बुकक्लोज अनुसार चैत १५ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

मनकामना स्मार्ट लघुवित्त नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त प्रदेश कार्यक्षेत्र भएको कम्पनी हो । लघुवित्तको केन्द्रीय कार्यालय सिद्धार्थ नगरपालिका ५, रुपन्देहीमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।