मनोबल कमजोर बन्दा दोहोरो अकंले घट्यो नेप्से, २२३ कम्पनीका लगानीकर्ताले गुमाए

0
Shares

साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक मापक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से १५.३७ अकंले घटेर २०४८.५७ बिन्दुमा बन्द भएको छ । सातामा पाँच कारोबार दिनमा सोमबार ३.२७ अंकले बढेको बजार आइतबार १०.६२, मंगलबार ६.२४, बुधबार ३.३४ र बिहीबार १५.३७ अंकले गरी कुल ३२.३० अंकले घटेको हो । २०८०.८७ बिन्दुमा खुला भएको बजार अन्तिम दिन बिहीबार २०४८.५७ बिन्दुमा झरेको छ ।

लगानीकर्ताको कन्फिडेन्स्ड घट्दा बिहीबार कारोबारमा आएका ३१५ मध्ये २२३ कमपनीको सेयर मूल्य ओरालो लागेको छ। यसदिन ७१ कम्पनीको सेयरधनीले कमाउँदा २१ कम्पनीको मूल्यमा कुनैपनि परिवर्तन भएन । ब्यापार बाहेक १२ ओटै उपसमुहगत सूचक बिहीबार राताम्य रह्यो । लघुवित्त सर्वाधिक १.३२ प्रतिशतले घटेको बजारमा होटल तथा पर्यटनमुलक पनि १.०२ प्रतिशतले घटेको छ । बाँकी एक प्रतिशतभन्दा कमले घटेका छन् ।

बजार घटेपनि आज कारोबार चार अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्जमा बिहीबार ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रुपैयाँको कारोबार भएको छ । यसदिन ३१५ कम्पनीको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर ५२ हजार ३१७ पटक किनबेच भएका हुन् । अघिल्लो दिन बुधबार ३ अर्ब ४९ करोड ६२ लाखको कारोबार भएकोमा माछापुच्छ्रे बैंकको संस्थापक सेयर कारोबारले दैनिक कारोबार रकम ८१ करोड ६८ लाख रुपैयाँले घटेको हो ।

बिहीबार माछापुच्छ्रे बैंकको संस्थापक सेयर मात्रै १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै गोर्खाज फाइनान्सको २८ करोड ५३ लाख रुपैयाँ, शिवम सिमेन्टको १४ करोड ५८ लाख,सोनापुर मिनरल्स एण्ड आयलको १२ करोड ७७ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको ५ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ ।

घटेको बजारमा धौरागिरी लघुवित्त, सर्वोत्तम सिमेन्ट र किसान लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै कर्णाली डेभलपमेन्ट बैंकको ९.२३ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको ४.६१ प्रतिशतले सेयर मूल्य बढेको छ । यता आजको बजारबाट बुद्धभुमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् । यससँगै कम्पनीको मूल्य ५४४.५० रुपैयाँमा झरेको छ । यसैगरी पम्पिङ्ग गरेर उच्च मूल्य वृद्धि गरिएको गोर्खाज फाइनान्सको सेयर मूल्य पनि ९.६२ प्रतिशतले घटेको छ। यस्तै बोटलर्स नेपाल (बालाजु) लिमिटेडको को ९.४६ प्रतिशत, गुराँस लघुवित्तको ५.४५ प्रतिशत र लक्ष्मी लघुवित्तको सेयर मूल्य ५.१४ प्रतिशतले घटेको हो ।
बिहीबरको कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब ४८ अर्ब २५ करोड ७३ लाख रुपैयाँमा समेटिएको छ ।

अर्थमन्त्री सहितका नियामकको सेयर बजारप्रति नरम नीति लिँदै गर्दा पनि लगानीकर्ताको मनोबल बढ्न नसक्दा बजारले लय समाउन सकेको छैन । नियामकको काम हेरेर लगानी गर्ने नस्थितिमा लगानीकर्ता रहेकाले अझै पननि ‘पर्ख र हेर’ को अवस्थामा उनीहरु छन् । एककातिर ब्याजदर घटेर झण्डै एक अंकमा आएको छ भने अर्कोतिर वित्तीय प्रणालीमा प्रयाप्त लगानीयोग्य रकम भएर निक्षेप संकलन मार्फत राष्ट्र बैंकले रकम खिच्नुपर्ने अवस्था अहिले छ । यद्यपी सेयर कर्जामा कायम १५ करोडको सीमा, जोखिमभार १२५ प्रतिशतसम्म कायम हुनुले पनि बजारको रफ्तारलाई रोकेको लगानीकर्ताको बुझाई छ । नेपाल धितोपत्र बोर्ड, नेप्से र सीडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले पुँजी बजारमा गर्नुपर्ने सुझाव अर्थमन्त्रालयमा पेश गरिसकेको अवस्थाले अब अर्थमन्त्री वर्षमान पुनले लिने पहलकदमीले बजारको दिशा तय गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।