नेप्सेमा ५९ लाख ५७ हजार कित्ता बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । घोराही सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०७९–९० बाट वितरण गरेको बोनस सेयर बिहीबार सूचीकृत भएको हो ।

घोराही सिमेन्टले गत आर्थिक वर्षबाट चुक्ता पुँजी चुक्ता पुँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । कम्पनीको तेस्रो वार्षिक साधारण सभाले ५९ करोड ५७ लाख ८५ हजार १०० रुपैयाँ बराबरको बोनस वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।

बिहीबार सूचीकृत भएको उक्त बोनस सेयर पुस २८ गतेको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ तोकिएको बुकक्लोजभन्दा अधिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन् । कम्पनीको २०८० पुस २८ गते सम्पनन तेस्रो वार्षिक साधारण सभाका लागि पुस १६ गते बुकक्लोज गरेको थियो । सोही अनुसार पुस १५ गते आइतबारसम्म कायम सेयरधनीले मात्र बोनस पाउनेछन् ।

सम्बन्धित सेयरधनीले आफ्नो बोनस सेयर डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् । बोनस वितरणपछि घोराही सिमेन्टको चुक्ता पुँजी ४ अर्ब ५६ करोड ७६ लाख ८५ हजार ७०० रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।