साताको सुरुआतमै नेप्से ओरालोतर्फ, १७ अंकले घट्यो सूचक

0
Shares

यो साता सेयर बजार बढ्ने लगानीकर्ताको आशा विपरित यो साताको पहिलो कारोबार दिन सोमबार नै सेयर बजार मापक सूचक नेप्से १७.०१ अंकले घटेर बन्द भएको छ । यससँगै सूचक नेप्से परिसूचक २०३१.५५ बिन्दुमा कायम भएको छ । सोमबार सहित लगातार चार दिनमा नेप्से ४१.९६ अंकले घटेको हो । 

आज दोहोरो अंकले घटेको बजारमा ७० कम्पनीको सेयर मूल्य बढेको छ भने २२६ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थीर रहेको छ । आज दिनभरमा ३०४ कम्पनीको ७० लाख ६१ हजार १२ कित्ता सेयर ४४ हजार २३६ पटक किनबेच हुँदा कारोबार रकम २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ रुपैयाँमा समेटिएको छ ।

कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये चार ओटाको बढेको छ भने ९ ओटाको घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन मुलक २.१९ प्रतिशत, लघुवित्त २.२५ प्रतिशतले घटेको छ । बैंकिङ्ग, विकास बैंक र जलविद्युत परिसूचक पनि यस दिन १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

सोमबार गोर्खाज फाइनान्सको सबैभन्दा धेरै २८ करोड ९० लाख २५ हजार रुपैयाँको बराबरको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको १३ करोड ७८ लाख ७६ हजार रुपैयाँ, सोनापुर मिनरल्स एण्ड आयलको ८ करोड १३ लाख २३ हजार, हिमालयन रि इन्स्योरेन्सको ६ करोड २९ लाख र घोराही सिमेन्टको ५ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

सबैभन्दा धेरै बोटलर्स नेपाल (बालाजू) लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। १० प्रतिशतले बढेपछि कम्पनीको मूल्य १८ हजार २७६ रुपैयाँ ५० पैसा पुगेको छ । यस्तै सर्वोत्तम सिमेन्टका लगानीकर्ताले ९.९९ प्रतिशत, तारागाँउ रिजेन्सीका लगानीकर्ताले ८.०४ प्रतिशत, सिवाइसी नेपाल लघुवित्तको ७.४२ प्रतिशतले बढेको छ ।

किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज सबैभन्दा धेरै गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले गुमाउँदा प्रतिकित्ता मुल्य ९१८ मा झरेको छ। यस्तै बुद्धभुमि नेपाल हाइड्रोपावरको ९.९९ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ८.८२ प्रतिशत, गुराँस लघुवित्तको ७.०१ प्रतिशत र युनिक नेपाल लघुवित्तको सेयर मूल्य ६.२५ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।