फागुनमा १७ करोड १७ लाख कित्ता धितोपत्र नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति ?

0
Shares

चालु आर्थिक वर्षको फागुन महीनामा विभिन्न २० कम्पनीको ५ करोड ४८ लाख कित्ता बोनस र दुई कम्पनीको पौने १२ करोड कित्ता हकप्रद सेयर दोस्रो बजार (नेप्से) मा सूचीकृत भएको छ ।

नेप्सेको तथ्यांकअनुसार फागुनमा २० कम्पनीको ५ करोड ४८ लाख ३५ हजार ७५१ कित्ता बोनस सेयर र दुई कम्पनीहरु माथिल्लो तामाकोशी तथा घलेम्दी हाइड्रोपावरको हकप्रद गरी कुल ११ करोड ६९ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । यस्तै यस अवधिमा नबिल बैंकको ३० लाख कित्ता इकाई ऋणपत्र पनि सूचीकृत भएको छ । सबैगरी कुल २३ कम्पनीको १७ करोड १७ लाख ३५ हजार ७५१ दशमलव ५४ कित्ता सेयर फागुनमा सूचीकृत भएको छ ।

सूचीकृत भएका २० कम्पनीको बोनस सेयरमध्ये चिलिमे हाइड्रोपावरको सबैभन्दा धेरै ७२ लाख ५८ हजार १८० कित्ता सेयर सूचीकृत भएको छ । आरएसडिसी लघुवित्तको सबैभन्दा कम छ । उक्त कम्पनीको ७ लाख ४७ हजार ८२८ दशमलव ६५ कित्ता सेयर सूचीकृत भएको हो ।

S.N. Bonus Listed in Falgun Company Name Unit Listed Date
1 Sanima Mai Hydropower Limited 3089251.00 2/11/2080
2 Chilime Hydropower Company Limited 7258180.00 2/11/2080
3  Miteri Development Bank Limited 964251.37 10/11/2080
4 Shine Resunga Development Bank Limited 4498077.37 13/11/2080
5 Shivm Cements Limited 6270000.00 13/11/2080
6 Nepal Insurance Company Limited 1494766.00 13/11/2080
7 Radhi Bidyut Company Limited 796090.41 14/11/2080
8 Hathway Investment Nepal Limited 2340000.00 16/11/2080
9 Citizen Life Insurance Company Limited  1875000.00 16/11/2080
10 First Micro Finance Laghubitta Bittiya Sanstha Limited 860809.46 17/11/2080
11 Chhimek Laghubitta Bittiya Sanstha Limited 1417701.00 21/11/2080
12 Universal Power Company Limited 1795799.25 21/11/2080
13 Soaltee Hotel Limited 4423864.00 23/11/2080
14 United Ajod Insurance Limited 1954320.00 24/11/2080
15 Jeevan Bikas Laghubitta Bittiya Sanstha Limited 1654847.00 24/11/2080
16 Himalayan Everest Insurance Limited 1986224.00 24/11/2080
17 Muktinath Bikas Bank Limited 6260377.76 27/11/2080
18 RSDC Laghubitta Bittiya Sansthas Limited 747828.65 27/11/2080
19 Nepal SBI Bank Limited 3795235.76 27/11/2080
20 Lumbini Bikas Bank Limited 1353128.51 29/11/2080
Total 54835751.54  

फागुनमा बोनस सूचीकृत भएका अन्य कम्पनीहरुमा सानिमा माइ हाड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, नेपाल इन्स्योरेन्स, राधी विद्युत्, हाथवे इन्भेस्टमेन्ट कम्पनी, सिटिजन्स लाइफ इन्स्योरेन्स, फस्र्ट माइक्रोफाइनान्स कम्पनी, छिमेक लघुवित्त वित्तीय संस्था, युनिभर्सल पावर, सोल्टी होटल, युनाइटेड अजोड इन्स्योरेन्स, जीवन विकास लघुवित्त, हिमालयन एभरेस्ट इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, आरएसडीसी लघुवित्त, नेपाल एसबीआई बैंक र लुम्बिनी विकास बैंक रहेका छन् ।

माथिल्लो तामाकोशीले जारी गरेको एक बराबर एक अनुपातको १० करोड ५९ लाख कित्ता हकप्रद फागुन १० गते तथा घलेम्दी हाइड्रोपावरको १ बराबर १ अनुपातको १ करोड १० लाख कित्ता हकप्रद फागुन २७ गते गरी कुल ११ करोड ६९ लाख कित्ता हकप्रद पनि यो महीनामा सूचीकृत भएको छ । यस्तै नबिल बैंकको ‘९% नबिल डिबेञ्चर २०८७’ पनि फागुन ८ गते सूचीकृत भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।