गरिमा विकास बैंकको सीइओमा माघव प्रसाद उपाध्याय

0
Shares

गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माघव प्रसाद उपाध्याय नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको चैत्र १४ गते बुधवार बसेको ३०४औं बैठकले उपाध्यायलाई आगामी बैशाख १ गतेदेखि लागू हुने गरी चार वर्षको लागि सीईओमा नियुक्र गरेको हो । उपाध्याय हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका थिए ।

संस्थापना कालदेखि कार्यरत उपाध्याय बैंकमा १५ वर्ष कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन गरेका उनले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।

हाल बैंकमा सीईओ रहेका गोविन्द प्रसाद ढकालको कार्यकाल यहि चैत्र मसान्तमा सकिँदै छ । प्रमुख कार्यकारी अधिकृत ढकालले विगत १५ वर्षदेखि निरन्तर बैंकमा विभिन्न जिम्मेवारीमा रहँदै कार्यभार सम्हाल्दै आएका थिए ।

साथै, सोही बैठकले सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई चैत्र १५ गतेदेखि लागू हुने गरी बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एचटीएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।