चार अर्बको ‘१०% एनआईएमबी डिबेन्चर २०९०’ नेप्सेमा सूचीकरण

0
Shares

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले निष्कासन गरेको ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता डिबेञ्चर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा बिहीबार सूचीकृत भएको छ ।

नेप्सेको चैत ९ गतेको निर्णयानुसार उक्त ऋणपत्र धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम बिहीबार स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको हो । चैत १५ गते बिहीबार बैंक र नेप्सेबीच १० वर्ष अवधि तथा वार्षिक १० प्रतिशत व्याजदर भएको ‘१०% एनआईएमबी डिवेन्चर २०९०’ डिबेन्चर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

बैंकले प्रभु क्यापिटल लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकत्वमा अंकित तथा चुक्ता मूल्य १ हजार रुपैयाँ दरका कुल ४० लाख ४० हजार कित्ता ऋणपत्र जारी गरेको थियो । जसमध्ये ४० प्रतिशत सर्वसाधारण र बाँकी ६० प्रतिशत बैंकले व्यक्तिगत तवरबाट बिक्री गरेको थियो ।
नेप्से र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै एक्त ऋणपत्र दोस्रो दिन अर्थात आइतबारदेखि दोस्रो बजारमा कारोबारका लागि योग्य बनेको छ । आइतबारदेखि ‘१०% एनआईएमबी डिवेन्चर २०९०’ दोस्रो बजारको कारोबार शुरु हुनेछ ।

बैंकको प्रधान कार्यालय काठमाडौं महानगरपालिका, वडा नम्बर १ दरबारमार्ग काठमाडौं रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।