तेह्रथुम पावरले १००% हकप्रद ल्याउने, सेबोनसँग अनुमति माग

0
Shares

तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी बराबर हकप्रद जारी गर्न सेबोनसँग अनुमति माग्दै चैत ७ गते बुधबार निवेदन दिएको सेबोनले जनाएको छ ।

कम्पनीले १०० अंकित दरमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर निष्कासनको अनुमति माग गरेको हो ।  हाल कम्पनीको चुक्ता पुँजी ४० करोड रहेको छ । यस आधारमा कम्पनीले चुक्ता पुँजीको १००% प्रतिशतले हुने १०० अंकित दरमा ४० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।