सर्वोत्तम सिमेन्टको हालसम्मको कारोबारमा कुन ब्रोकरसँग कति छ होल्डिङ्ग ?

0
Shares

सर्वोत्तम सिमेन्टको आईपीओ बिहीबारसम्म कुल २ लाख ६९ हजार ५४१ कित्ता सेयर कारोबारमा आएको छ ।  कम्पनीको कारोबार खुलेको पहिलो दिन चैत ६ गते मंगलबार २४४२ कित्ता कारोबार भएको कम्पनीको सेयर बुधबार २२५६, बिहीबार ७३०५, सोमबार २६ हजार ८८५ कित्ता, मंगलबार २८ हजार ७५३ कित्ता, बुधबार २२ हजार ८८५ कित्ता र आज बिहीबार १ लाख ७८ हजार ९२५ कित्ता सेयर कारोबार भएको हाे । 

यस सिमेन्ट कम्पनीको बिहीबारसम्मको कारोबार अवस्थालाई नियाल्दा खरिद बिक्री भएको सेयरमध्ये ब्रोकर नम्बर ४४ डाइनामिक मनी म्यानेजर सेक्युरिटिजसँग मात्रै सर्वाधिक होल्डिङ्ग रहेको छ । उक्त ब्रोकरबाट मात्रै सर्वोत्तमको ५० हजार ३९५ कित्ता सेयर खरिद भएको देखिएको हो ।यो कुल कारोबार भएको सेयर संख्याको १८.७० प्रतिशत हो । 

यस्तै ब्रोकर नम्बर १६ प्राइमो सेक्युरिटीसँग १३ हजार ८१२ कित्ता, ब्रोकर नम्बर ३८ दिपशिखा धितोपत्र कारोबार कम्पनीसँग ९ हजार ८५३ कित्ता, ब्रोकर नम्बर ६४ सन सेक्युरिटीजसँग ४ हजार ९०० कित्ता, ब्रोकर नम्बर ६९ इन्डेक्स सेक्युरिटीजसँग ३ हजार ५२४ कित्ता, ब्रोकर नम्बर १४ नेपाल स्टक हाउससँग २ हजार ८५९ कित्ता, ब्रोकर नम्बर ४५ सेवा सेक्युरिटीजसँग २ हजार ७८१ कित्ता, ब्रोकर नम्बर ७ जेएफसेक्युरिटीजसँग १ हजार ७५४ कित्ता, ब्रोकर नम्बर ६६ मियो सेक्युरिटसिँग १ हजार १५० कित्ता र ब्रोकर नम्बर ७० इन्फिनिटी सेक्युरिटीजसँग १ हजार ११० कित्ता होल्डिङ्ग रहेको देखिन्छ ।

टप टेन ब्रोकर होल्डिङ्गमा मात्रै कम्पनीको ९२ हजार १३८ कित्ता होल्डिङ्ग छ । जुन जुन हालसम्म कारोबार भएको कुल कित्ताको ३४.१८ प्रतिशत हो ।

पब्लिकमा भएको सेयरको ८.८६% सेयर मात्र कारोबार, बिहीबार पौने २ लाख कित्ता किनबेच

सर्वोत्तम सिमेन्टको बिहीबार १ लाख ७८ हजार ९२५ कित्ता सेयर कारोबारमा आएको छ । यसअघिका ६ कारोबार दिनमा ९० हजार ६१६ कित्ता सेयर कारोबार भएको कम्पनीको बिहीबार भने बिक्री चाप बढेको देखिएको हो ।

हालसम्म कम्पनीको कुल २ लाख ६९ हजार ५४१ कित्ता सेयर कारोबारमा आएको छ । यो संख्या वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र आम सर्वसाधारणमा वितरण भएको ३० लाख ४३ हजार ७६ कित्ताको ८.८६% बराबर मात्र हो । कम्पनीको कारोबारयोग्य सेयरको ९१ प्रतिशतभन्दा बढी सेयर अझै कारोबारमा आएको देखिन्न । कम्पनीले कर्मचारी, म्युचुअल फन्ड र स्थानीय बासिन्दाका लागि जारी गरेको सेयरमा लकइन कायम रहेकाले तत्काल कारोबारमा आउँदैन ।

कम्पनीले योग्य संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता र सर्वसाधारणमा ३६ लाख कित्ता सर्वसाधारणमा छुुट्टाएको थियो । जसमा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई २ लाख ६७ हजार कित्ता, म्युचुअल फन्डका लागि १ लाख ५४ हजार २२७ कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि २ लाख ४८ हजार ४७० कित्ता र कर्मचारीलाई १ लाख ५४ हजार २२७ कित्ता आरक्षित गरेर बाँकी २७ लाख ७६ हजार ७६ कित्ता सेयर आम सर्वसाधारणमा जारी गरेको थियो ।

आईपीओ लगानीकर्ताले कमाए दुई गुणा नाफा

सर्वोत्तम सिमेन्ट लिमिटेड सेयर मूल्यमा बिहीबार पनि सकारात्मक सर्किट लागेर बढेको छ । बिहीबार ९.९६ प्रतिशत अर्थात ९८ रुपैयाँ १० पैसाले बढेसँगै कम्पनीको सेयर मूल्य १०८२ रुपैयाँ ७० पैसामा बन्द हुन पुगेको छ ।

कम्पनीले ३६० रुपैयाँ ९० पैसामा बुक बिल्डिङ्गबाट आईपीओ निष्कासन गरेको हो । ५५ हजार ५२१ जनाले न्यूनतम ५० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् । यस आधारमा १८ हजार ४५ हजार लगानी गरेका लगानीकर्ताले ३६ हजार ९० रुपैयाँ नाफा कमाएका छन् । यो सुरुवाती लगानीको २ गुणा अर्थात २००% बराबरको नाफा हो । आईपीओ हात पारेका लगानीकर्ताले सेयर कारोबार सुरु भएको ७ कारोबार दिनमा दुई गुणा धेरै नाफा कमाएका छन् ।

बिहीबार कम्पनीको सेयर बिहान ९८४ रुपैयाँ ६० पैसामा कारोबार खुला भएको थियो । कम्पनीको सेयर प्रतिकित्ता ९८ रुपैयाँ १० पैसा बढेर १०८२ रुपैयाँ ७० पैसा पुगेको छ । यसस्ँगै ५० कित्ता सेयर हुनेको मोर्कट भ्यालू ५४ हजार १३५ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जमा ६० लाख कित्ता आईपीओ सहित सर्वोत्तमको कुल ४ करोड ६५ लाख कित्ता सेयर चैत ५ गते सोमबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले न्यूनतम १८५.३६ देखि ५५६.०८ रुपैयाँसम्मको ओपनिङ कारोबार रेञ्ज प्राप्त गरेको थियो । चैत ६ गते मंगलबारदेखि कारोबार भएको सुरुवाती मूल्य नै ५५६ मा कारोबार सुरु भएको थियो । चैत ६ गते मंगलबारदेखि चैत १५ गते बिहीबारसम्म हरेक दिन सकारात्मक सर्किट लाग्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।