सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज देखि आन्तरिक ऋण पनि उठाउने

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले  आज देखि आन्तरिक ऋण पनि उठाउने

नेपाल राष्ट्र बैंकले सरकारका लागि उठाउदै आएको आन्तरिक ऋण आजदेखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उठाउने भएको छ ।

हालसम्म नेपाल राष्ट्र बैंकले उठाउदै आएको आन्तरिक ऋण चैत्र १९ (आज) देखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उठाउन भएको हो ।

राष्ट्र बैंकले आइतबार सूचना जारी गरेर ०८० चैत १९ देखि सरकारको ट्रेजरी बिल र विकास ऋणपत्रको बोलकबोल तथा निष्काशन त्रिपुरेश्वर स्थित सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुने जानकारी दिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापनकै लागि सरकारले उक्त कार्यालयको स्थापना गरेको हो । हाल यो कार्यालयले बाह्य ऋण उठाउदै आएपनि आन्तरिक ऋण उठाउने काम गरेको थिएन । तर, भुक्तानीको काम भने गर्दै आएको थियो । अहिले आएर आन्तरिक ऋण संकलनको काम पनि कार्यालयले सुरु गर्न लागेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: १९ चैत २०८०, सोमबार १२ : ०१ बजे