सर्वोत्तम सिमेन्टको लाभांश सहित साधारण सभा आह्वान

0
Shares

सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश सहित साधारण सभा आह्वान गरेको छ। चैत २० गते दिन ४ बजे बसेको कम्पनीको २१० औं सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश सहित आगामी बैशाख १२ गते पाँचौ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

बैठकको निर्णयानुसार सर्वोत्तम सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०७९–८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हालको चुक्ता पुँजी ४ अर्ब ६५ करोडको १५ प्रतिशतले हुन आउने ६९ करोड ७५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय भएको हो ।

सभा वि.सं २०८१ बैशाख १२ गते बुधबार होटल भिलासा, भैरहवा, रुपन्देहीमा बिहान १० बजे सुरु हुनेछ ।

कम्पनीको सभाले प्रस्तावित चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश पारित गर्नुका साथै संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ५ जना, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक १ जना र १ जना स्वतन्त्र सहित ७ जना सञ्चालक नियुक्ती गर्ने छ ।

आर्थिक वर्ष २०७२–८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण लगायतका वित्तीय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने प्रस्ताव छ । साथै सभामा कम्पनी ऐन, बमोजिम आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

पाँचौ वार्षिक साधारणसभा प्रयोजनको लागि चैत ३० गते एक दिन कम्पनीको सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । कम्पनीले ताेकेको सेयरधनी दर्ता किताब बन्द मिति अनुसार चैत २९ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोबार भई सेयरधनी दर्ता किताबमा नामसारी भई आएका सेयरधनीले मात्र सो सभामा भाग लिन तथा आर्थिक वर्ष २०७९–८० को नगद लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।