सेयर बजार निरन्तर पाँच दिनदेखि ओरालो यात्रामा, लघुवित्तमा आकर्षण कायमै

0
Shares

सेयर बजारमा यस साता निरन्तर पाँच दिन नै ओरालो यात्रा कायम रहेको छ। आइतबारदेखि १७.३० अंकबाट घट्न सुरु भएको सूचक त्यसपछि दिनमाकम घटेपनि कुनैपनि दिन नेप्से बढ्न सकेन । निरन्तर पाँच कारोबार दिन ३१.५७ अंक घटेसँगै सूचक २००४.०५बिन्दुमा कायम भएको छ ।

अन्तिम कारोबार दिन बिहीबार पनि सूचक २.७३ अंकले घटेको छ । सूचक घटेपनि यसदिन कारोबार रकममा भने केही सुधार आएको छ । आज ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३०७ रुपैयाँ बराबरको ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर५६ हजार ३२१ ओटा सङ्ख्यामा किनबेच भएका छन् ।

कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये लघुवित्तमा २.३८ प्रतिशतको वृद्धिसतिह लगानीकर्ताको आकर्षण कायमै रहँदा होटेल तथा पर्यटनमुलक १.६७, फाइनान्स ०.३२, निर्जीवन बीमा ०.२८ र व्यापार ०.११ प्रतिशतले बढेको छ । आठ ओटा घटेको सूचकमध्ये उत्पादनतथा प्रशोधनमुलक १.६१ प्रतिशत, जलविद्युत ०.५८, विकास बैंक ०.५४, अन्य ०.४८ र बैंकिङ्ग ०.४४ प्रतिशतले घटेको छ ।

गोखार्ज फाइनान्सको आज घटेर सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको २३ करोड ३२ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । यस्तै, शिवम् सिमेन्टको १८ करोड ३८ लाख ६७ हजार र सर्वोत्तम सिमेन्टको १८ करोड २४ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजारमा लघुवित्त कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण कायमै रहेको देखिन्छ । शीर्ष सेयर मूल्य बढेका १० कम्पनीहरुको सूचीमा आज पनि ९ लघुवित्त कम्पनीहरु छन् । जसमध्ये मानुषी लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । गुराँस लघुवित्त ९.९७ र तारागाउँ रिजेन्सी होटल्सको सेयर मूल्य करिब ९.९० प्रतिशत बढेको छ ।

चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको पिपुल्स पावरको सेयर मूल्य सर्वाधिक ७.२४ प्रतिशत घटेको छ। यस्तै सर्वोत्तम सिमेन्टको ५.८५, र रिभर फल्स पावरको ४.०९ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।