सेयर बजारमा कारोबार रकम सहित २२ अंकको बाउन्स ब्याक, फाइनान्समा उच्च सुधार

0
Shares

सेयर बजार आइतबार २२.७५ अंकको बाउन्स ब्याक भएको छ । लगातार पाँच दिनको कारोबार गिरावटपछि छैठौं कारोबार दिनमा आएर सूचक बढेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको लागि कर्जाको साँवाँ तथा ब्याज भुक्तानीको दबाब सकिएसँगै सेयर बजार उकालो लागेको हो । १.१३ प्रतिशतले नेप्से बढेसँगै सूचक २०२६.८१ बिन्दुमा पुगेको छ ।

आज ३११ कम्पनीका १ करोड १२ लाख १० हजार १०२ कित्ता सेयर ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३३३ रुपैयाँको सेयर कारोबार भएको हो । अघिल्लो कारोबारको दिन बिहीबार कुल ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३०७ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम १अर्ब २१ करोड ९४ लाख रुपैयाँले बढेको हो ।

आइतबारको बजारमा फाइनान्स सवार्धिक ५.९५ प्रतिशतले बढेको छ भने विकास बैंक सूचक पनि ३.१६ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधनमुलक १.७२, जीवन बीमा १.३५,अन्य १.३५ प्रतिशत र जलविद्युत १.१६ प्रतिशतले बढेको छ । होटल तथा पर्यटनमुलक सर्वाधिक ०.०८ प्रतिशत र ०.०४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यसदिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ९५ करोड २० लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ। त्यस्तै, गोर्खाज फाइनान्सको १९ करोड ४ लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ११ करोड २९ लाख, सर्वोत्तम सिमेन्टको ९ करोड ९४ लाख र नेपाल फाइनान्सको ८ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा अधिकांशफाइनान्स कम्पनी रहेका छन् । नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स र गुराँस लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । मानुषी लघुवित्तको पनि ९.९९, वीन नेपाल ९.७४, दोल्ती पावर कम्पनीको ९.५५, सबैको लघुवित्त ९.०२, उन्नती सहकार्य लघुवित्त ८.४५ र एनआईसी एशिया सेलेक्ट फन्ड–३० को इकाई मूल्य ७.९९ प्रतिशतले बढेको छ ।

मङ्गलबार सर्वाधिक गुमाउनेमा तारागाउँ रिजेन्सीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यस्तै कालिका लघुवित्तको ४.३५ प्रतिशत, ग्लोबल आईएमई ब्इालेन्स् फन्ड–१ को ३.१०, सूर्यज्याति लाइफ इन्स्योरेन्सको २.७६ र गणपति लघुवित्तको २.५४ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।