नेप्सेमा पौने ३ लाख कित्ता बोनस सेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्जमा आज आइतबार २ लाख ७९ हजार ३ सय १७ दशमलव ५३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट वितरण गरेको चुक्ता पुँजीको ४.७५ प्रतिशतबोनस सूचीकृत भएको हो ।

आइतबार सूचीकृत भएको २ लाख ७९ हजार ३१७ दशमलव ५३ कित्ता बोनस सेयर सम्बन्धित सेयरधनीले डिम्याट खातामा जम्मा भएपछि नेप्से मार्फत दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

कम्पनीको २०८० पुस २९ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबाट उक्त बोनस पारित भएको थियो । साधारण सभाका लागि गरिएको बुकक्लोज अनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन पुस १९ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र बोनस पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।