ह्याम्स अस्पतालले वार्षिकोत्सवको अवसरमा स्वास्थ्य सम्बन्धी संवाद श्रृंखला सुरू गर्ने

0
Shares

ह्याम्स अस्पतालले वार्षिकोत्सवको अवसरमा स्वास्थ्य सम्बन्धी संवाद श्रृंखला सुरू गर्ने भएको छ। सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त संवाद तथा छलफल कार्यक्रम गर्ने भएको हो।

‘स्वास्थ्य सबैको सरोकार’भन्ने नारा सहित शुक्रबार बिहान साढे १० बजेदेखि संवाद श्रृंखला–१ सञ्चालन गर्न लागेको अस्पतालले जानकारी दिएको छ।

अस्पतालका अुनसार तीन सत्रमा विभाजित कार्यक्रममा दुई चुनौतीहरुको बारेमा बृहत छलफल गरी समाधानका लागि निष्कर्ष सहित सुझाव निकाल्ने उद्देश्य सहित सम्ब्न्धित क्षेत्रका विज्ञ,सरोकारवाला निकाय तथा प्रतिनिधिसभा सांसदहरु सम्मिलित संवाद कार्यक्रम हुनेछ।

संवादका विषयहरु पहिलो सत्रमा भेपरई–सिगरेट बढ्दो गंभीर स्वास्थ्य चुनौती, दोस्रो सत्रमा स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरु र तेस्रो सत्र अघिल्लो सत्रको सारंशबारे छलफल हुनेछ।

यस संवाद कार्यक्रमबाट छलफलका क्रममा आएका सुझावहरु लिपिबद्ध गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गरिने छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।