सागर डिष्टिलरीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

0
Shares

सागर डिष्टिलरी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको छ। वैशाख १५ गते अपरान्ह ४ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा कम्पनीले विशेष साधारण सभा बोलाएको हो ।

चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गरी आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने निर्णय गरेको हो । कम्पनीको जारी पूँजी बृद्धि गर्नका लागि प्रबन्धपत्र संशोधन गर्ने र सोको अख्तिारी दिने सम्बन्धमा समेत सभामार्फत निर्णय गर्नेछ । यस अघि पनि गत मङ्सिर १५ गते सम्पन्न प्रथम वार्षिक साधारण सभामार्फत कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

सागर डिष्टिलरीले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ । सागर डिष्टिलरीले सर्वसाधारण जनताको सहभागिता बढाउनको लागि १५ प्रतिशत आईपीओ निकाल्ने निर्णय गरेको जनाएको छ ।

नेपालमा गुणस्तरीय मदिरा उत्पादन र विक्री वितरण गर्न वि.सं. २०६९ सालमा सागर डिष्टिलरी लिमिटेडको संस्थापना भएको हो । यस कम्पनीको फ्याक्ट्री देवचुली, नवलपुरमा रहेको छ । खासगरी सागर डिष्टिलरीद्वारा उत्पादित ब्राण्डहरु रोयल ब्लु, ग्रे उल्फ, बेरिज् एण्ड ब्लु ब्राण्ड रहेका छन ।

यसका साथसाथै सागर डिष्टिलरीले दीर्घकालीन रुपमा मौलिक परम्परामा आधारित नेपाली मदिराको निर्यात गर्ने लक्ष्यका साथ व्यवसायीक उत्पादन कार्यलाई अघि बढाइरहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।