सुजल फुड्स प्रालिले चोकोफन जोय बजारमा ल्याएको छ । चोकोफन जोय नेपालकै प्रथम स्क्वायर मोल्डेड चकलेट रहेको सुजलको दाबी छ । जुन पर्याप्त मात्रामा न्यूनतम मूल्यमा ल्याइएको कम्पनीले जनाएको छ ।
यसले विदेशी चकलेटको निर्भरतालाई तोडेर नेपालमै अन्तर्राष्ट्रियस्तरको सजिलो, सस्तो र उच्च कोटीको चोकोफन जोय चकलेटको मज्जा लिन सकिने कम्पनीले बताएको छ । वर्गाकार आकारमा कोकोआको अनुपम स्वाद र मिठासले भरिपूर्ण चोकोफन जोय स्वादिष्ट रहेको र यो मुखमा राख्नासाथ पग्लिन्छ र आनन्द प्रदान गर्छ ।
गुलाबी र बैजनी रङमा प्याकेजिङ गरिएको चोकोफन जोयको डिजाइन आकर्षक र प्रिमियम छ भने सुन्दर चम्किलो सुनौलो जोयको फन्टले चोकोफन जोयको प्याकेजिङलाई बढी उत्कृष्ट र आकर्षक देखाएको छ । प्याकको बाहिरी भागमा चकलेटको डिजाइन पनि आकर्षक ढङ्गमा देखाइएको छ ।
चोकोफन जोय ७० पिसको जार र ४५ पिसको बक्समा बजारमा उपलब्ध छ जुन आकर्षक छ र यसले उत्पादनलाई सुन्दर र प्रिमियम बनाएको छ । यसको कार्टुन बक्स पनि चम्किलो बैजनी रंगमा उपलब्ध छ ।

चोकोफन जोय मात्र १० रुपैयाँको अधिकतम खुद्रा मूल्यमा ८ ग्रामको माउथ फुल साइजमा बजारमा उपलब्ध छ । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय गुणस्तरको उत्कृष्ट चकलेट तथा अन्य कच्चापदार्थ प्रयोग गरिएको चोकोफन जोयको गुणस्तर तथा स्वादमा एकरुपता हुन्छ ।
सुजलले विगत ५० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको वेफर, बबलगम, ललिपोप, टफी, क्यान्डी आदि उत्पादन र बिक्री वितरण गर्दै आएको छ । कम्पनीको लोकप्रिय ब्रान्डहरुमा चोकोफन, क्रेभ, रसिलो, फ्रेशो, क्याण्डीम्यान र फ्रेसडेन्ट आदि उत्पादन गरी उपभोक्ताको वर्षौंदेखि मन जित्दै आएको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
