डिस मिडिया नेटवर्कको सीईओमा तारा मानन्धर

डिस मिडिया नेटवर्कको सीईओमा तारा मानन्धर

डिस मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन् । उनलाई आजैदेखि कार्यभार सम्हाल्ने गरी सो पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

साढे दुई दशकभन्दा बढी समय बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका मानन्धर यसअघि मशरेक बैंक, प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड लगायत बैंकमा काम गरिसकेका छन् ।

नवनियुक्त सीईओ मानन्धरले डिस मिडिया नेटवर्कको कार्यभार सम्हालेर व्यवस्थापनलाई चुस्त र सुदृढ बनाउँदै कम्पनीले प्रदान गर्ने सेवाहरूलाई अझ गुणस्तरीय बनाउनेमा प्रमुख भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार १८ : ५७ बजे