महालेखापरीक्षकमा तोयम राय नियुक्त

0
Shares

महालेखापरीक्षकमा तोयम राय नियुक्त भएका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायलाई महालेखापरीक्षक पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायलाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । राय राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन् ।

गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।

यसअघि रायले अर्थ सचिवको जिम्मेवारी सम्हालिसकेका छन् । अर्थसचिव हुनुअघि राय वाणिज्य सचिव थिए । उनीसँग जिल्ला प्रशासन अधिकारी, भन्सार बिभागको महानिर्देशकको अनुभव छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।